• ८ असोज २०८३, बिहीबार
  • १ः१८ राती

गृहमन्त्रीको पदभार सम्हाल्दै पौडेलले भने: हस्तक्षेप गर्दिन, नतिजामुखी काम चाहिन्छ

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०४:१७

काठमाडौं : गृहमन्त्री विष्णुप्रसाद पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । आज गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्दै मन्त्री पौडेलले जवाफदेही भएर काम गर्न निर्देशन दिँदै नतिजामुखी काममा जोड दिए ।

National Life

‘काममा हस्तक्षेप गर्ने कुरामा म विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ(आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । गृहमन्त्री पौडेललेभने ।


उनले भने, ‘कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतिका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन दिएका छन् । ‘मकहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् ।’ राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि पौडेको भनाइ छ ।

प्रतिकृया