• 6:47 pm

सहारा दिन्छु भन्दै बसका सहचालकले दक्षिणकालीमा लगेर बलात्कार प्रयास गर्दा सन्तोषीको हत्या गरेको प्रहरी दाबी

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०१:२८

काठमाडौं : दक्षिणकालीमा एक युवतीको बलात्कार प्रयासमा हत्या भएको प्रहरीले दाबी गरेको छ। २७ वर्षीय सन्तोषी सुब्बाको हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी-१४ घर भई दक्षिणकाली नगरपालिका – ७ मा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको छ।


सुरेश बसका सहचालक हुन्। उनले बलात्कार प्रयाश गर्दा सन्तोषीले प्रतिकार गरेपछि उनको हत्या गरेको भनी स्वीकार गरेको महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए।


प्रारम्भिक सोधपुछमा सन्तोषीले खान बस्न समस्या भएको बताएपछि उनलाई सहयोग गर्छु भन्दै सुरेशले बताएको प्रहरीको दाबी छ।

प्रतिकृया