• १३ असोज २०८३, मंगलबार
  • २ः२७ दिउँसो

कांग्रेस नेता सिटौलाद्वारा १२ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ०९:०४

झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाका १२ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन्।पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता सिटौलाले मेडिकल एसोसिएसन नेपालको सहकार्यमा झापाका १२ स्वास्थ्य केन्द्रलाई एकरएक थान अक्सिजन कन्सन्ट्रेटरसहित पीपीईसेट सहयोग गरेका हुन्।

National Life

जिल्ला स्वास्थ्य कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच सिटौलाले झापाका स्वास्थ्य केन्द्रका लागि ल्याइएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरे। एकरएक थान अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित पीपीईसेट सहयोग पाउने स्वास्थ्य केन्द्रहरूमा कचनकवलको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, भद्रपुरको पृथ्वीनगर स्वास्थ्यचौकी, महेशपुर स्वास्थ्यचौकी, चन्द्रगढी स्वास्थ्यचौकी छन्।


त्यसैगरी हल्दिवारीको जलथल स्वास्थ्यचौकी, बाह्रदशीको राजगढ स्वास्थ्यचौकी, झापाको कुमारखोद स्वास्थ्यचौकी, अर्जुनधाराको अर्जुनधारा प्राथमिक स्वास्थ्य केन्द्र, विर्तामोडको अनारमनी नगर अस्पताल, गौरादहको गौरादह स्वास्थ्यचौकी, बुद्धशान्तिको बुधवारे महिला सामुदायिक अस्पताल र शिवसताक्षीको शिवगञ्ज स्वास्थ्यचौकी रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया