• ६ असोज २०८३, मंगलबार
  • १०ः३७ बिहान

फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०८:००

अनुष्का शर्मा

National Life

मुम्बई ( दैनिक जागरण ) : बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनन् । उनले पर्दाबाट ब्रेक लिएको निकै समय भइसकेको छ । यद्यपि उनी निर्माताको रुपमा सक्रिय छिन् ।


आमा बनेपछि तत्कालका लागि फिल्ममा फर्किने अनुष्काको कुनै चाहना छैन । मातृत्वको अनुभव लिएपछि तत्काल कुनै जोखिम मोल्न नचाहने सोच अनुसार नै उनी आगामी वर्षसम्म सुटिङ सेटमा नजाने उनको योजना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘अनुष्का यो वर्ष सुटिङबाट टाढा हुनेछिन् । किनकी छोरी वामिका अहिले निकै सानी छिन् । अभिनेत्री कोभिड महामारीको यो समयमा कुनै पनि जोखिम मोल्न चाहन्नन्’, अनुष्का निकट स्रोतले भनेको छ । अनुष्काले अहिले पहिलो प्राथमिकतामा छोरी वामिका राखेकी छन् । त्यसकारण पनि उनी सुटिङका लागि बाहिर गएर वामिकाका लागि चुनौती लिन चाहन्नन् ।


अनुष्का सन् २०१८ मा शाहरुख खान र कटरीना कैफका साथ फिल्म ‘जीरो’, वरुण धवनका साथ ‘सूई धागा’ र रणवीर कपूरका साथ फिल्म ‘सञ्जू’मा देखिएकी थिइन् । यसपछि उनी कुनै फिल्ममा देखिइनन् । अनुष्काले वेब सिरिज ‘पाताल लोक’ र एक फिल्म ‘बुलबुल’ निर्माण गरिन् । उनी चाँडै फिल्म ‘माइ’ र ‘काला’ निर्माण गर्दैछिन् ।

प्रतिकृया