• ६ असोज २०८३, मंगलबार
  • ९ः१२ बिहान

अभिनेत्रीसंगको विवाह वैधता नभएको बताएपछि सांसदलाई कारबाहीको माग

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०८:१२

एजेन्सी : बंगाली फिल्मकी प्रसिद्ध अभिनेत्री निखिल जैन र तृणमूल कांग्रेसका सांसद नुसरत जहान पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चामा छन् । कांग्रेसका सांसद नुसरत जहानले केही दिन अगाडी निखिल जैनसँगको विवाह वैधता नभएको बताएका थिए ।

National Life

उनको यस्तो अभिव्यक्तिले सासद भवन समेत तातिएको छ । भारतीय जनता पार्टीका सांसद संघमित्रा मौर्यले नुसरत जहांनविरुद्ध विवाहको बारेमा “गलत जानकारी“ दिईएकोमा कारबाही गर्न लोकसभा अध्यक्ष ओम बिर्लासँग आग्रह गरेकी छिन्।


समाचार एजेन्सी एएनआईको समाचारका अनुसार, संगमित्र मौर्यले नुसरतको आफ्नो व्यक्तिगत जीवनको अधिकार भएपनि हालसालै आफ्नो विवाहको सम्बन्धमा दिएको अभिव्यक्तिले जानाजानी संसदमा गलत जानकारी दिएको जिकिर गरेकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

संघमित्रा मौर्यले नुसरत जहानको अवैध र नैतिक आचरणको विस्तृत अनुसन्धान गर्न मागसमेत गरेका छन् । साथै, यो उनीहरूको विरुद्ध उचित कारवाहीको लागि नैतिक समितिमा पठाउनु पर्ने उनको भनाई छ ।


संघमित्रा मौर्यले जहानले गलत सूचना दिएर आफ्ना मतदाताहरुलाई धोका दिएको पनि आरोप लगाएकी छिन् । लोकसभा सदस्य जहानले शपथको क्रममा २५ जुन २०१९ मा निखिल जैनलाई आफ्नो पत्नी बताएका थिए । उनीहरुबीच वैवाहिक सम्बन्ध टुटेपछि जहानले विवाह नभएर ‘लिव–इन–रिलेसनसिप’ भएको बताउदै आएका छन् । लिव इन रिलेसनसिप भनिएपछि सम्बन्ध विच्छेदको सवाल उठ्दैन ।

प्रतिकृया