• 8:39 am

बाबुराम भट्टराईको टिप्पणी : निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ?

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०७:१९

baburam bhattrai e1617443345668

फाइल तस्वीर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु सही भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार संविधान विपरीत भएको ठहर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको थियो ।


भट्टराईले ट्वीट गर्दै संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य भएको उल्लेख गरेका छन् । उनले अदालतको आदेशले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा अब खुल्नु पर्ने टिप्पणी गरेका छन् । ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनेरबन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ?


प्रतिकृया