• १ असोज २०८३, बिहीबार
  • ६ः०३ बेलुका

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०५:३१

काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्रि किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ। मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

National Life

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ। मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले द्दप्रदान गर्न लागिएको बताए।


प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए। किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन्। मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ्ग बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरुलाई डिजिटल बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वशुलभ रुपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए। मेगा बैंकले अहिले आर एण्ड डी इनोभेटिभ सोलुशन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ।

भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आधुनिक प्रबिधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने मेगा बैंकको योजना छ।

प्रतिकृया