• १३ असोज २०८३, मंगलबार
  • ७ः५६ बेलुका

चोरी गरेको विभिन्न सामान सहित पक्राउ

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०२:३३

काठमाडौँ : विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनिलाई चोरी गरेको विभिन्न सामान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने विकाश गुरुङको घरबाट चोरी भएको १ थान ल्यापटप, सोही ठाउँ बस्ने मुनि देवी साहको घरबाट चोरी भएको ४ जोर चाँदीको जस्तो देखिने पाउजु, १ थान मोबाइल र विभिन्न ठाउँबाट चोरी भएका २ थान मोबाइल, १ जोर सुनको जस्तो देखिन झुम्का, नगद २ हजार ८ सय ९५ रुपैयाँ, १ जोर चाँदीको जस्तो देखिने बाला, १ थान चाँदीको सिक्का, १ वटा चाँदीको लकेट र १ थान भारतीय सिक्का सहित फेला पारी उनकै घरबाट सहनिलाई पक्राउ गरेको हो । उनी उपर चोरी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

National Life

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली,
चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने महेश रानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-८ बाट पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका-१ बशन्तटोल बस्ने ३५ वर्षीया शान्ति चौधरीको घरबाट ल्यापटप, मोबाईल र नगद गरी जम्मा १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा अदालतले उक्त कैद तथा जरिवाना फैसला गरेको थियो । उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ,
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५ लोलाङ्ग हाईट बस्ने गोरखा, भिमसेन गाउँपालिका-७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कञ्चनपुर, भिमदत्त नगरपालिका-८ तिलाचौरस्थित सडकमा म.१ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका.१० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिश्चार्च भएका छन् ।


उदयपुर, रौतामाई गाउँपालिका-१ टाट्नेस्थित सडकमा स.१ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरका सहचालक उदयपुर रौतामाई गाउँपालिका-७ बस्ने ३२ वर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको छ । ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


बाघको आक्रमणबाट मृत्यु
चितवन,
रत्ननगर नगरपालिका-५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु
रौतहट,
माधबनारायण नगरपालिका-५ मिठुअवा बस्ने २५ वर्षीया मनिषा देवी साहको सोमाबर दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटरमा लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकी उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
कास्की,
पोखरा महानगरपालिका-२३ माझथुम बस्ने ४४ वर्षीय नारायण प्रसाद अधिकारी सोही ठाउँस्थित हर्पन खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ नयाँबस्तीस्थित युएण्डयु घले रेष्टुरेण्टमा साथीहरुसँग मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४३ वर्षीय भूमी प्रसाद अधिकारीसँग घर फर्कने क्रममा बाटोमा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।


भोजपुर, टेम्केमैयुङ गाउँपालिका-२ छिनामखु बस्ने ५० वर्षीय सरन कुमार राई भोजपुर नगरपालिका-४ र टेम्केमैयुङ गाउँपालिका-२ को सिमामा पर्ने पिखुवा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझदेखि घरबाट हिँडेकोमा खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया