• १४ असोज २०८३, बुधबार
  • १२ः०९ राती

ग्लोबल आइएमई बैंकले अवकास प्राप्त कर्मचारीलाई सहुलियत कर्जा दिने

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०५:०१

काठमाडौँ : बैंकको अनुसार यो खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेको छ ।

National Life

यस खातामा ग्राहकले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुने बैंकले जनाएको छ ।


बैंकको अनुसार ग्राहकले कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिने बैंकले जनाएको छ । यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने छ ।

प्रतिकृया