• १३ असोज २०८३, मंगलबार
  • २ः४७ दिउँसो

सबैले चढाउदा फूल अक्षता मैले आँशु दिए

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार १२:१९

-विमला भुसाल ‘कविता’

National Life

भगवान सँग बिन्ती गर्दै मागे एउटै कुरा।
चाहे पछि भगवानले हुन्छ रे भनि पुरा।।
भगवान सँग बिन्ती गर्दै मागे एउटै कुरा।।।


गरे बिन्ती भगवान‌लाई हात खाली थिए।
सबैले चढाउदा फूल अक्षता मैले आँशु दिए।।
गरे बिन्ती भगवानलाई हात खाली थिए।।।

Classic Tech Mobile
Classic Tech Desktop

नबोल्ने त्यो मूर्तिको नि सबैलाई ठूलै आस।
नछुटोस साथ भरोसा रहदा सम्म सास।।
नबोल्ने त्यो मूर्तिको नि सबैलाई ठूलै आस।।।


पिडा हुन्छ ति फूल अक्षता कुल्चेर फालेको देख्दा ।
सधै हतार भगवान तिमीलाई सबैको भाग्य लेख्दा ।।
पिडा हुन्छ ति फूल अक्षता कुल्चेर फालेको देख्दा।।।


लाग्छ सबै दोष भाग्यको होइन नगरी हुँदैन कर्म।
भगवान सबैको एउटै हुन्छन् फेरेर के गर्नु धर्म।।
भगवान तिमी एउटै साहारा बुझिदेउ सबैको मर्म।।
भगवान सबैको एउटै हुन्छन् फेरेर के गर्नु धर्म।।।

प्रतिकृया