• १३ असोज २०८३, मंगलबार
  • ६ः५१ बेलुका

अबैध लागूऔषध सहित ६ जना पक्राउ

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार ०४:४२

काठमाडौं : वीरगंज महानगरपालिका-१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम अबैध लागूऔषध गाँजा सहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका-६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

National Life

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट करिब ८० केजी अबैध लागूऔषध गाँजा सहित मनहरी नयाँबस्ती बस्ने २५ वर्षीय सन्तोष आले मगर सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चितवनबाट बारातर्फ जाँदै गरेको ना.२ ख ५५७९ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी ट्रक चालक मगर समेत ३ जनालाई पक्राउ गरेको हो ।


कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट ७ ग्राम ७ सय ६० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय लाल बहादुर ऐर र सोही ठाउँ बस्ने २२ वर्षीय चन्द्र बहादुर साउद रहेका छन् । से.६ प ८०९९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक ऐर र मोटरसाइकलमा सवार साउदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ,
सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


बाढी र पहिरोबाट मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति
काठमाडौं,
अविरल वर्षाको कारण मानिसको मृत्यु तथा बेपत्ता भएका छन् । वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन ,नवलपरासी (पूर्व) र बाजुराका केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् ।


पाल्पा, रिप्दीकोट गाउँपालिका-४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मंगलबार साँझ पहिरो जाँदा उनकै छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनको घरमा पहिरो गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । पहिरोबाट महेन्द्रको घर पूर्णरुपमा क्षति भएको छ ।


पाल्पा, तानसेन नगरपालिका-८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका-८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका-३ हार्थोक नजिक पाल्पा-गुल्मी सडकखण्डमा अबिरल बर्षाको कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।


सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२ स्थित मेलम्ची खोलामा मंगलबार आएको बाढीले सोही गाउँपालिका-१ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका-७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका-१० र ११ जोड्ने पक्की पुल बगाएको छ । साथै हेलम्बु गाउँपालिका-२ किउल बस्ने ३१ वर्षीय माधव भण्डारी सहित ७ जना सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


नाङ, चामे गाउँपालिका-४ र नासो गाउँपालिका-३ स्थित अबिरल वर्षाको कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका-४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका-३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ । बाढी आई घरहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका-१ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ ।


लमजुङ, दोर्दी गाउँपालिका-८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा मंगलबार दिउँसो आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन् । प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फ सारेको छ । साथै सोही गाउँपालिका-६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाईड्रो पावरको ड्याममा समेत क्षती पुर्याहएको छ ।अर्घाखाँची, सन्धिखर्क नगरपालिका-३ फुतवाङस्थित गोरुसिंगे-सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


गुल्मी, रेसुङगा नगरपालिका-१३ भगेरी भन्ने ठाउँमा मंगलबार पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।


मकवानपुर, भिमफेदी गाउँपालिका-६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक-खण्डमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।


चितवन, भरतपुर महागरपालिका-३ बारघरे, सोही महानगरपालिका-१६ गुम्बाचौर र झनझनेस्थित अबिरल बर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ ।


नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-२ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ ।


बाजुरा, बुढीन्नदा नगरपालिका-४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । उक्त घरका परिवार र जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ । ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको छ ।


सवारी दुर्घटनामा ३ जनाको मृत्यु
स्याङजा,
भिरकोट नगरपालिका-४ दर्बुङठाटीस्थित सडकमा ग.१ ज ४९४० नम्बरको जीप अनियन्त्रित भइ बुधबार बिहान दुर्घटना हुँदा जिप सवार सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिरकोट नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालक समेत अन्य ७ जनामध्ये ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ३ जनाको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।


मोरङ, सुन्दरहरैचा नगरपालिका-८ चिउरा मिलस्थित सडकमा अन टेष्ट लेखिएको रोलरमा को.३५ प ५९७१ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठक्कर खाँदा मोटरसाइकल चालक हाल वतन नखुलेका २२ वर्षीय गोकुल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । रोलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ बसन्तपुरस्थित सडकमा लु.३ च १५१९ नम्बरको गाडीले लु.२३ प १९३६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाची-१३ घर भएका ३२ वर्षीय रामु बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
चितवन,
भरतपुर महानगरपालिका-१५ देवीचोकस्थित हरिकला गुरुङको निर्माणाधिन घरमा काम गर्ने कपिलबस्तु शिवराज नगरपालिका-९ घर भएका २६ वर्षीय शिवा चौधरी सोही घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।


झापा, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे चोक बस्ने नविन घतानेको घरको पेटीमा सोही नगरपालिका-८ खानेपानी ट्याङकी टोल घर भएका ४५ वर्षीय राजेश शिवा ९परियार० मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गौरीगंज गाउँपालिका-५ नरिवल टोलस्थित सुधिर ऋषिदेवको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अस्थामा पेला परेका छन् । उनको घरमा सोमबार बास मागी बसेकोमा उनी सुतिरहेको अवस्थामा कोठामा मृत फेला परेका हुन् ।


स्याङजा, भिरकोट नगरपालिका-१ र ६ को बीचमा पर्ने आँधिखोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु
नुवाकोट,
लिखु गाउँपालिका-५ अमिलेबोट बस्ने ३५ वर्षीया प्रमिला भट्टराईको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरको अगाडि रहेको बाथरुममा बिजुली जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु
पर्सा,
धोबिनी गाउँपालिका-३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृत्यु भएको छ । गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सिरहा,
सखुवानान्कारकट्टि गाउँपालिका-५ मुसहरी टोल बस्ने चन्द्र नारायण चौधरीको कच्ची घरमा बिद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा अन्य ३ घर, अन्नपात, लत्ताकपडा लगायतका सामान समेत जलेर करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


कास्की, माछापुछ्रे गाउँपालिका-१ धिप्राङ बस्ने ६५ वर्षीया केशरी गुरुङको कच्ची घरमा मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया