प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट(पूर्णपाठ)
प्रकाशित मिति
२०७८ असार १ गते, मंगलवार ०५:००
काठमाडौँ : प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्कबुहाङले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो।
अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो। स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ भने वित्तिय व्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ ।
प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख,समानिकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड,सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख,समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिषेश अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने रहेको छ । त्यसमा प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ । बैदेशिक अनुदान २६ करोड १३ लाख व्यर्होने आर्थिक मामिलामन्त्री आङ्कबुहाङले बताए ।
केके छ कार्यक्रम ?
प्रदेश सरकारको बजेट वक्तब्यमा क्षेत्रगत कार्यक्रमहरुका लागि छुट्याइएको कुल रकम उल्लेख छ । तर, कार्यक्रमगत बजेट तोकिएको छैन । आवास तथा भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब २१ करोड बजेट छुट्याइको छ । प्रदेशिक ष्गौरवको बिराटनगरको घिनाघाटदेखि बिराटचौकसम्मको निर्माणधिन सडकका लागि ५ अर्ब २१ करोड बिनियोजना गरिएको छ ।त्यसैगरी मुख्यमन्त्री ग्रामिण सडक आयोजनाका लागि ३२ करोड बिनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड बजेट छ । राष्ट्रपति आमा सम्मान त्यसैगरी सासुबुहारीलाई सम्मान कार्यक्रमको शुरुवात गरिने छ । युवा तथा खेलकुदको क्षेत्रमा मुख्यमन्त्री युबा उध्मशिलताका लागि १० करोड बिनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षमा प्रदेश खेलकुद परिषद गठन हुनेछ । समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड बिनियोजन गरिएको छ । आगामी बर्षदेखि मेरो कृषि मेरो गौरब ५ करोड ७२ लाख बिनियोजना गरेको छ । उद्योग बाणिज्यको क्षेत्रमा १८ करोड बजेट छुट्याइएको छ। पर्यटन क्षेत्रमा ८३ करोड ३८ लाख बजेट बिनियोजन गरिएको छ। मुलुककै होचो भु–भाग केचनाकवलदेखि सरमाथासम्मको उत्तर–दक्षिण पर्यटन दु्रतमार्ग निर्माणको लागि नीति तथा बैदेशिक लगानीको खोजी गरिने छ । उर्जा तथा सिचार्यको क्षेत्रमा ३ अर्ब १५ करोड रुपैया बिनियोजन गरिएको छ । प्रदेशमा कार्यरक्त कर्मचारीलाई १० दिनको पर्यटन काज बिदा दिइने आर्थिक मामिला मन्त्री आङ्कबुहाङले बताए।







प्रतिकृया