• १७ असोज २०८३, शनिबार
  • १ः४९ राती

चीनतर्फको उडान अझै अन्यौलमा

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०७:२९

काठमाडौं : सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बिते पनि चीनले भने उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन प्राधिकरणले उडान गर्न कुनै एउटा जहाज कम्पनी नामावलीसहित उडान माग गर्न पत्र पठाए पनि आजसम्म उडानका लागि अनुमति नलिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

National Life

सरकारले टर्की, कतार, चीन र भारतका लागि उडान गर्न पाउने निर्णय गरेको छ । टर्किस एअर, कतार एअर, एअर इण्डिया र नेपाल एअरलाइन्सले भने सातामा एक पटक उडान गर्ने गरी अनुमति लिई उडान शुरु गरी सकेको क्षेत्रीले जानकारी दिए ।


तर चीन सरकारले भने सुरक्षा मापदण्डमा कडाइ गरेपछि उडान गर्ने पक्षमा तत्काल नभएको बुझिएको छ । यता, चीनका लागि उडान गर्ने गरी हिमालय एअरलाइन्सलाई अनुमति लिन भने पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न समस्या हुने भन्दै अनुमति लिन चाहेका छैन् ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल चारवटा हवाइ कम्पनीले पाँच स्थानमा उडान गर्दै आएका छन् । यसमा टर्कीस एअरलाइन्सले इस्तानबुल– काठमाडौं र काठमाडौं इस्तानबुल, कतार एअरलाइन्सले दोहा–काठमाडौं, काठमाडौं–दोहा, एअर इन्डियाले दिल्ली–काठमाडौं, काठमाडौं– दिल्ली र नेपाल एअरलाइन्सले काठमाडौं– दोहा, दोहा– काठमाडौं र काठमाडौं–दिल्ली, दिल्ली काठमाडौंका लागि सातामा एक पटक उडान गर्दै आएका छन् । यता सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै आन्तरिक उडान बन्द गरेपछि कहिलेदेखि सञ्चालन हुनेभन्ने अझैँ निश्चित नभएको प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया