• ५ साउन २०८३, मंगलबार
  • १२:०३ बिहान

गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्नुभएको छ : गगन थापा

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार ११:४०

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि १४९ जना सांसदले हस्ताक्षर गरेको भन्दै कसैले पनि मैले हस्ताक्षर गरेको छैन भनेर नभनेको सुनाउ ।


प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-‘तपाईले अदालतलाई बुझाएको रिटको कुरा गर्नुभयो, अस्ति हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हामीले बुझाएको हो नि, गोकर्ण विष्टले मेरो अगाडि सिग्नेचर गर्नुभएको हो ।

Kamana Sewa

उहाँको सिग्नेचरको फोटोकपी मसँग छ, गोकर्ण विष्ट अहिले नआउनुहोस, म गर्दिन भन्नुहोस, मान्नुहोस, तर, अस्ति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गोकर्ण विष्टले मैले सिग्नेचर गरेको होईन भनेर भन्न सक्नुहुन्छ ? यत्रो दिन भैसक्यो होईन, कहीँ भन्नुभएको छैन नि । उहाँले मेरो सिग्नेचर दुरुपयोग भयो भनेर कहीँ भन्नुभएको छ र ?’

Classic Tech Desktop

प्रतिकृया