• २७ भदौ २०८३, शनिबार
  • ८ः०८ बिहान

धितोपत्रको अनुमतिमा हकप्रद सेयर निष्कासन गर्ने तयारी

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार १०:४७

काठमाडौँ: सेयर बजारमा धमाधम हकप्रद सेयर जारी हुँदैछन् । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ,सेवनबाट अनुमतिको पर्खाइमा तीन कम्पनी रहेका छन् । सेवनले पाइपलाइनमा राखेका कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र छाङ्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

National Life

 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ११ अर्ब रुपियाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एक कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ सेयर प्रदान गर्ने जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकोे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

त्यस्तै छाङ्दी जलविद्युत् कम्पनीले आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपियाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गरेको छ ।कम्पनीले १० कित्ता साधारण सेयर बराबर तीन कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ ।यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

 

सेवनले यी कम्पनीका आवेदनलाई प्रारम्भिक समीक्षा गरिरहेको छ ।कर्पोरेट डेभलपमेन्ट बैङ्कले पनि एक बराबर १.५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले कुल ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पर्खिरहेको छ । सेवनले कम्पनीको अवस्थालाई समीक्षा गररे कमेन्ट पठाएको जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

यसअघि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन थालिसकेको छ । कम्पनीले विद्यमान दुई कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ साधारण सेयर निष्कासन थालेको हो । कम्पनीले एक अर्ब चार करोड ८२ लाख ३९ हजार चार सय रुपियाँ बराबरको एक करोड चार लाख ८२ हजार ३९४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । प्रतिसेयर एक सय अङ्कित दरका रहेका छन् । हकप्रद निष्कासनको अन्तिम मिति यही वैशाख २६ गतेसम्म रहेको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया