• २५ भदौ २०८३, बिहीबार
  • १०ः१६ राती

कोरोना रोकथामका लागि प्रदेश १ सरकारबाट ४ करोड रुपैयाँ निकासा

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०९:४९

विराटनगर : प्रदेश १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड-१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ३ करोड ८५ लाख निकासा गरेको छ।

National Life

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड-१९ अस्पतालका लागि २०-२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी एक करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका लागि २० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि १५ लाख, इलामका लागि १५ लाख, मोरङका लागि २० लाख, ओखलढुंगाका लागि १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि ५० लाख विनियोजन भई बिहीबार निकासा गरेको छ।रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया