• १३ असोज २०८३, मंगलबार
  • १ः२७ राती

गण्डकी प्रदेशमा नवनियुक्त प्रमुख पौडेलद्वारा पदभार ग्रहण

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०२:५४

गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छन् । सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेपछि  बुधबार पदभार ग्रहण गरेकी हुन् । सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबारसाँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् । प्रमुख पौडेलले आज ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

National Life

 

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् । उनले प्रदेशका सवै राजनैतिक पार्टीसँगको समन्वयमा मिलेर अगाडि बढ्ने बताउँदै हाल विकसित घटनासँगै अवरुद्ध भएको संसदलाई निकास दिन तत्कालै पहल गर्ने बताएकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनले गण्डकी प्रदेशसभाको बैठक सभामुखले सबै राजनैतिक दलहरुको सल्लाहविना नै स्थगित गरेकाले समस्या आएको बताउँदै त्यसका लागि  उनले समन्वात्यमक भूमिका खेल्नेसमेत बताइन् । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वागत गरेका थिए ।

प्रतिकृया