• ९ असोज २०८३, शुक्रबार
  • ११ः०२ राती

प्लेअर अफ दि मन्थको नोमिनेसनमा ब्याट्सम्यान भुर्तेल

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ११:५३

काठमाडौं  : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।

National Life

 

यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए । उनले टी-२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए । सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज भए ।यस्तै उनले अर्का ओपनर आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

२४ वर्षीय भुर्तेल अहिले नेपाली क्रकेटमा चर्चामा छन् । उनले यसका लागि धेरै अघिदेखि मिहिनेत गरेको र अहिले त्यसको फल प्राप्त भएको बताएका थिए । सिरिजमा गरेको प्रदर्शनका आधारमा कुशल पहिलो पटक आइसीसीको टी-२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अपडेट भएको वरीयतामा उनी ६१औं स्थानमा उक्लेका छन् ।

 

यस्तै पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै २२८ रन बनाएका थिए । सोहि प्रदर्शनको आधारमा उनी विराट कोहलीलाई पछि पार्दै आइसीसीको नम्वर वान ओडीआई ब्याट्सम्यान बनेका थिए । यस्तै फखर जमानले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए ।

 

उनले सिरिजमा दुई शतक समेत बनाएका छन् ।  उनले दोस्रो एकदिवसीयमा १९३ रन प्रहार गरेका थिए । मनोनयनमा परेका कुशललाई भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।

प्रतिकृया