• १० असोज २०८३, शनिबार
  • ५ः३८ बिहान

‘अहिलेको खोपले यूके भेरियन्टलाई पनि काम गरेको बुभिएको छ’

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार १२:०२

काठमाडौं : कोरोना भाईरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसमध्ये ७० देखि ८५ प्रतिशतमा मात्रै यो प्रभावकारी देखिएको माईक्रोबायोलोजिष्ट डा.प्रकाश घिमिरेले बताउनुभएको छ । भारत र चीनबाट आयातिक कोरोना भाईरस विरुद्धको दोस्रो डोज लगाएको तीन हप्ता नपुगुन्जेल खोपले पूर्ण रुपमा काम गर्छ नै भन्न नसकिने उहाँले बताउनुभएको छ ।

National Life

 

कोरोना विरुद्धको खोप लगाएँ भन्दैमा कोरोना संक्रमण नै हुँदैन भन्ने सोच्नु गलत रहेको उहाँको दावि छ । अहिले प्रयोगमा आएको भ्याक्सिन सुरुमा चीनको वुहान शहरबाट देखा परेको भाईरसको लागि बनेको भए पनि अहिले देखा परेको यूके भेरीएन्टमा पनि यसले काम गरेको बुझिएको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

ब्राजिलियन र साउथ अफ्रिकन भाईरस परिवर्तन भएपछि परीवर्तित भाइरसको लागि कत्तिको काम गर्छ भन्ने आफूहरूसँग कुनै तथ्य ,तथ्याङक नभएको पनि उहाँले जानकारी दिनुभयो ।“कोरोना संक्रमण भएपछि श्वासप्रश्वासका क्रममा खकारमा , नाकमा त्यो भाईरस देखिने हो, भ्याक्सिन लगाउने मान्छेले भ्याक्सिन लगाईसकेपछि त्यो लाईभ भाइरस हुँदैन, यो लाईभ भ्याक्सिन होईन त्यसकारण कोरोना खोप लगाउनै वित्तिकै पिसीआर चेक गराउँदा कोरोना पोजेटिभ देखिन्छ भन्न् गलत हो” डा.घिमिरेले भन्नुभयो ।

 

“यो भाईरस आरएनए हो, कुनै कुनै भाईरस फैलिदै जाँदा कम संक्रामक हुँदै जान्छन भने कुनै अझ वढि संक्रामक  हुँदै जान्छन् , अहिलेको भाईरस झनै संक्रामक भएर आयो” उहाँले थप्नुभयो । उहाँका अनुसार यो भाईरसको संक्रमण अबधि यतिनै हुन्छ भन्न सकिने अवस्था छैन । यो भाइरसलाई परास्त गर्न मानिसले भाईरसको सम्पर्कमा नआउन नै ठिक रहेको उहाँले बताउनुभयो ।

आईहाले पनि भाईरससँग लढ्न सक्ने क्षमता विकास गर्नुनै मुख्य कुरा रहेकोमा डा.घिमिरेको जोड छ । स्वास्थ्य सुरक्षका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दा पनि भाईरसको संक्रमणलाई रोक्न सकिनेमा उहाँको जोड छ ।  लकडाउन नै कोरोना भाईरस रोकथामको एकमात्र विकल्प नभएको भन्दै लकडाउन गरेर तयारीका अरु विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो । अहिले संसारमा आठ किसिमका भाईरसहरु पशारणमा रहेको पनि उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । गोरखापत्र

प्रतिकृया