• २५ भदौ २०८३, बिहीबार
  • १०ः५४ राती

सांसदहरुमाथि हातपात गर्ने डिआईजी धानुकलाई कारबाहीको माग

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०१:४६

 बुटवल :  लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

National Life

 

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । ‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं,’ उनले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागे । महिला सांसदहरुको संवेदनशील अङ्गमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

 

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् ।मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडियाले बताए ।

 

विपक्षी गठबन्धनले शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाइँ लड्ने प्रतिबद्धता जनाएको छ । सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरलाई कति दिन संसदबाट भाग्नुहुन्छ भन्दै प्रश्न गरे ।

 

उनले भने, ‘पोखरेल नेतृत्वको सरकार कति दिनसम्म टिक्छ रु संसदबाट कति दिन भाग्नुहुन्छ रु नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने होला नि रु’ केन्द्रमा केपी शर्मा ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उनको आरोप थियो । तानाशाहीलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै उनले संसदको सामना गर्न नसकेर पोखरेलले एकपछि अर्को टिकडम अपनाएको आरोप लगाए । ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ ।

प्रतिकृया