• २५ भदौ २०८३, बिहीबार
  • ११ः१२ राती

कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०६:१३

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

National Life

मंगलबार ११ बजे बोलाइएको प्रदेशसभा बैठक अनिश्चित कालको लागि स्थगित भएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। झण्डै ६ महिनापछि चैत ३० गते प्रदेशसभा बैठक बसेको थियो। त्यसपछि वैशाख १० गते बसेको प्रदेशसभा बैठक वैशाख १२ गतेका लागि बोलाइए पनि त्यसयता बस्न सकेको छैन।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

वैशाख १२ गते दिनको ११ बजे बोलाइएको प्रदेशसभा बैठक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठकको समय एक दिन सारिएको थियो। यद्यपि त्यसदिन बैठक बस्न नसकेपछि आज विहान ११ बजेको लागि प्रदेशसभा बैठक डाकिएको थियो। तर आज अनिश्चित कालको लागि नै प्रदेशसभा बैठक स्थगित गरिएको सचिव यादवले बताए।

प्रतिकृया