• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

कोका–कोलाले ल्यायो १७५ मिलिलिटर सिसाको बोतल

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०५:३३

काठमाडौँ:  कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ। जुन उपभोक्तालाई रमाइलोे पिउने अनुभव प्रदान गर्दै मात्र २५ रुपैयाँको किफायती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

Kamana Sewa

कम्पनीका अनुसार नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताका लागि डिजाइन गरिएको हो किनकि यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रूपमा आफ्ना उपभोक्तासँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्रान्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ।

Classic Tech Desktop

 

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी रिटर्नेबल ग्लास बोतल नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताको चाहनाअनुरूप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेज उपलब्ध गराउँदै आएको छ। आरजीबी बोतल रियुजेबल र वातावरणमैत्री छन्। साथै, गिलास प्याकेजिङले गर्दा कोका–कोलाको स्वाद सधैँ ताजा रहन्छ। नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध छ र यो काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलमा उपलब्ध छन्।

 

नयाँ बोतलको लन्चका क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, ‘सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ।’ नयाँ बोतलको लन्चले उपभोक्तालाई आफ्नो मन पर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभई दिगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन छ।

 

‘हामी आशा गर्छौं कि उपभोक्ताले आफ्नोे मन पर्ने पेय पदार्थको पूर्णरूपमा मज्जा लिनेछन्’, बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘किफायती मूल्यबाहेक हामी हाम्रा उपभोक्ताको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ।’ उपभोक्ताका लागि निकै विशेष रहने उनको दाबी छ। यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ। उनले भने, ‘२५ रुपैयाँमा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले उपत्यकाका किराना पसलमा उपलब्ध छ र हामी हाम्रा उपभोक्तालाई यसलाई सेवन गर्नुहोस् भन्न चाहन्छौँ।’

प्रतिकृया