• ३१ भदौ २०८३, बुधबार
  • ४ः१७ बेलुका

कतारी रियालको कारोवार बन्द हुने :राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०७:५६

काठमाडौँ:  नेपाल राष्ट्र बैंकले कतारी रियालको कारोबार बन्द हुने जनाएको छ ।

National Life

बैंकले एक सूचना जारी गर्दै यही वैशाख २७ गतेदेखि रियालको कारोबार बन्द हुने जनाएको हो ।

बैंकले सो अवधिभित्रै कतारी रियाल सटही गर्न समेत आग्रह गरेको छ । त्यसपछि कतारी रियालको कारोबार बन्द हुने र साट्न नसकिने सूचनामा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंकले उल्लेख सूचनामा  जनाएको छ ।

प्रतिकृया