नेपालले दियो नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य
प्रकाशित मिति
२०७८ बैशाख ७ गते, मंगलवार ०३:०४
काठमाडौँ: त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ बनाएको हो।
यो नेपालले हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको हालसम्मकै दोस्रो उच्च स्कोर हो। नेपालले यसअघि भुटानविरुद्ध २३६ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। ४६ बलको सामना गरेका कुशलले ८ चौका र एक छक्काको मद्दमा ६२ रन बनाए।
यस्तै दिपेन्द्रले ३० बलमा ३ चौका र पाँच छक्कासहित ६० रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ र सोमपाल कामीले २१ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका भिविएन किङ्माले दुई, पिटर सिलरले दुई र बास डी लिड र आर्यन दत्तले एक–एक विकेट लिए।








प्रतिकृया