• २७ भदौ २०८३, शनिबार
  • ३ः१४ राती

जसपा सांसद निलम्बित,२४ घण्टे अल्टिमेटम : लुम्बिनी प्रदेश

प्रकाशित मिति

२०७८ बैशाख ७ गते, मंगलवार ०७:२०

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारको मन्त्रीका रुपमा सोमबार सपथ लिएका आफ्नो पार्टीका चारजना सांसदलाई निलम्बन गरेको छ।

National Life

सोमबार विज्ञप्ति जारी गर्दै जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले  मन्त्रीको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई  निलम्बन गरेको बताएका  हुन् ।

चित्तबुझ्दो स्पष्टीकरण नदिए सांसद पदसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ। उनीहरुलाई  स्पष्टीकरणका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए।

उनीहरुले सोमबार नै प्रदेश प्रमुख धर्मनाथ साहसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सन्तोष पाण्डेलाई भौतिक  पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझीलाई भौतिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिकृया