• २८ भदौ २०८३, आइतबार
  • ४ः१० बिहान

अपरान्हतिर पहाडी भू-भागमा असिनासहित क्षणिक वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ बैशाख ७ गते, मंगलवार ०७:०२

काठमाडौँ :  देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा दिउँसो आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

National Life

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन , चट्टयाङ्ग ,हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती भने देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी , असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशको पहाडी भू-भागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेका हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया