• 1:58 am

सिभिलको सात जिल्लामा शाखा कार्यालयहरु संचालनमा

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार १२:३०

काठमाडौँ  :सिभिल लघुवित्त वित्तीय संस्थाले सात जिल्लामा  शाखा कार्यालयहरु संचालन गरेको छ ।

संस्थाले एकैपटक सिभिल लघुवित्तको ७ नयाँ शाखा संचालनमा गरेको हो  ।

झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटी भञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ ।

केन्द्रीय कार्यालय काठमाडौंमा भएको  संस्थाले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

अब नयाँ सात शाखा संचालन पछि ६२ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ ।

प्रतिकृया