वाणिज्य महासंघले पचास स्टार्टअप कार्यक्रमको आवेदन खुलायो
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार १०:१६
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले ५० नवप्रवर्तन स्टार्टअप का लागि आवेदन खुलाएको छ ।
स्टार्टअप एन्ड इनोभेसन समितिको कार्ययोजनाअनुसार मेन्टरसिप सहयोगसहित महासंघ लगानीकर्तासँग आबद्ध हुन इच्छुक नवप्रवर्तनका लागि वैशाख ४ देखि आवेदन महासंघले खुलाइएको हो । कृषि, उत्पादनमूलक, सूचना प्रविधि तथा सेवा क्षेत्रका लागि महासंघले आवेदन खुलाएको हो ।
समितिले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेकाहरूको नवप्रवर्तनको व्यावसायिक सफलताका लागि लगानीकर्ता जुटाउन यो योजना ल्याएको हो ।
यस योजनाअनुसार ५० स्टार्टअपका लागि ५० स्थापित उद्यमी जुटाइनेछ । समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० स्टार्टअप र लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीमा सहयोग गरिने महासंघले बताएको छ ।
सहभागी हुन स्टार्टअप कम्तीमा एक वर्ष वा सोभन्दा बढी अवधिदेखि सञ्चालनमा आएको हुनुपर्ने समितिले जानकारी दिइएको छ ।
आवेदनसाथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको विधान, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिस्ट्रेसन, प्यानरभ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धकरसंस्थापकहरूको विवरणलगायत कागजात आवश्यक पर्ने महासंघले जानकारी दिएको छ ।






प्रतिकृया