• ११ असोज २०८३, आइतबार
  • ४ः२० बिहान

नेदरल्याण्ड्सले मलेसियालाई हरायो,  म्याक्स एक्लैले बनाए १३३ रन

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०३:४३

काठमाडौ : नेपालमा जारी त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ।

National Life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो। मलेसियाका विरनदिप सिंहले ८७ रन बनाए। उनले ५६ बलमा ६ छक्का र ६ चौका हिर्काए। ७९ रन जोड्दा पाँच विकेट गुमाएको अवस्थामा विरनदिपले टोलीको आशा जगाएका थिए।

त्यसअघि नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए। यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स एक सय ३६ रनमा सिमित भएको थियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा नेपालले मलेसियाको सामना गर्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया