देशलाई बन्धकी: प्रचण्ड
प्रकाशित मिति
२०७८ बैशाख ३ गते, शुक्रबार ०२:३७
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय देशलाई बन्धकी राख्ने र हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।
बागमती प्रदेश कराँते च्याम्पियनसिप-२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार सरकारको नेतृत्व गर्नेहरुबाटै देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि भइरहेको बताएका हुन् ।
‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीतका गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय
स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ’ प्रचण्डले भने, ‘तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, वलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’ उनले इकिंत भने कसैलाई गरेनन् ।
अध्यक्ष प्रचण्डका अनुसार केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको बताए ।
संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ’ उनले भने । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ ।






प्रतिकृया