• २५ भदौ २०८३, बिहीबार
  • ११ः२१ राती

छालाको सुन्दरता बिगार्ने यी ४ बानी

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०३:५१

तातो पानीले धेरै बेर नुहाउनु
तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।

National Life

सुगन्धित साबुनले नुहाउनु
साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ। जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ।

नुहाएपछि तौलियाले बेस्कन पुछ्नु
नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं। यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ। नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ। त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ।

Classic Tech Mobile
Classic Tech Desktop

जाडोमा सन्सक्रिम नलगाउनु
जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं। तर, छालालाई हानि पुर्‍याउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ।

 

प्रतिकृया