• ९ असोज २०८३, शुक्रबार
  • ८ः१२ राती

गृहमन्त्री बादलसहितलाई माओवादी केन्द्रको कारावहीः पार्टीबाट निष्काशन र सांसद पद खोस्ने निर्णय

प्रकाशित मिति

२०७७ चैत्र २४ गते, मंगलवार १२:५६

काठमाडौँ : नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि सात मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

National Life

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय गरेको छ। उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्याएको थियो।

तर यी मन्त्रीहरुले माओवादी त्यागेको बरु सांसद पद गए पनि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै रहने निर्णय लिएका थिए।

केन्द्रले फागुन २९ गते, चैत्र १ गते र त्यसपछि एक पटक गरि तीनपटक यी मन्त्रीहरुलाई पार्टीमा फर्किन निर्देशन दिनुका साथै आफ्नो धारणा पेश गर्न आग्रह गरेको थियो।

प्रतिकृया