• ११ असोज २०८३, आइतबार
  • ४ः४२ बिहान

त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने निर्णय

प्रकाशित मिति

२०७७ चैत्र २० गते, शुक्रबार ०२:२८

काठमाडौं : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले विजेता खेलाडीलाई जनही रु चाररचार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

National Life

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रतिकृया