• २४ भदौ २०८३, बुधबार
  • ५ः१२ बेलुका

सनराइज बैङ्कको ७२ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०७:४९

ताप्लेजुङ : सनराइज बैङ्क लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैङ्कको शाखारहित बैंकिङ्ग सेवा संख्या  ७२ पुगेको छ । बैङ्कले फक्ताङलुङ गाउँपालिका वडा नं. ६, लेलेपमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।

National Life

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टी।एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैङ्कले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैङ्कले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया