‘देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइटुको जस्तो भयो’
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार ०७:२८

काठमाडौं: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन् –
कांग्रेस अगाडि किन नसरेको हो रु विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो रु तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो रु यसको रहस्य के हो रु भन्ने कुरा आम जनताले सोचिराखेको छ ।
‘पिएम इन वेइटिङु भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त ‘वेइटिङुमा मात्रै रहिरहन्छ । ‘वेइटिङु भनेको ‘वेइटिङ फर एक्सनु हो, ‘अलवेज वेइटिङ्’ मात्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइटुको जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो ।
छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र रु त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिकृया