• १८ असोज २०८३, आइतबार
  • २ः३७ राती

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०१:०५

वीरगञ्ज : छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

National Life

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् ।ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।

सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड सङ्कट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताए ।

उनले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटले आवश्यकतानुसार आठवटै जिल्लामा फोरवार्ड अपरेटिङ बेस खडा गरी सीमा नाकामा हेल्थ डेस्क राखेर काम गर्न निर्देशन दिएको बताए । रासस

प्रतिकृया