सरकारको समर्थनबारे माओवादी केन्द्रले आज निर्णय गर्ने
प्रकाशित मिति
२०७७ चैत्र १० गते, मंगलवार ०५:४३

काठमाडौँ: नेकपा माओवादी केन्द्रले आज मङ्गलवार स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न मङ्गलवार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।
बैठकमा पार्टी साङ्गठनिक संरचनासहित, भातृ सङ्गठनका गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया