• ३१ भदौ २०८३, बुधबार
  • ५ः३८ बिहान

सिभिल बैंकद्वारा ‘ग्लोबल मनी विक’को अवसरमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०५:०७

काठमाडौ: सिभिल बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारासहित ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

National Life

‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोलक्रमअनुसार विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रम निम्नानुसार तय गरेको बैंकले जनाएको छ। देशभर सातवटै प्रदेशमा चैत ९ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

चैत ९ गते प्रदेश १ स्थित अर्किड कलेज, विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुमा क्यूआरकोडमार्फत भाडा भुक्तानीको थालनी, चेत १० गते प्रदेश २, जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीमा क्यूआरकोडमार्फत भुक्तानी, चैत ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुमा क्यूआरकोडमार्फत भाडा भुक्तानीको थालनी गरिने‍ छ।

यस्तै चैत १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, चैत १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, चैत १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र चैत १५ गते सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम रहेको बैंकले जनाएको छ।

वित्तीय साक्षरता कार्यक्रममा विभिन्न विद्युतीय कारोवारका फाइदाबारे श्रव्य–दृश्य सामग्रीसहित प्रस्तुति गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार सामाजिक सञ्जालमार्फत मोबाइल एप, क्यूआर कोड, एटिएम, इन्टरनेट बैंकिङ, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेटबारे चेतनामूलक सामग्री प्रसारण गर्ने योजना छ।

प्रतिकृया