• १ असोज २०८३, बिहीबार
  • १२ः१७ दिउँसो

चार हजार ४७२ परीक्षणमा १०५ सङ्क्रमित, ९९ निको भए

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०४:२६

काठमाडौं: नेपालमा कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा ९९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार २० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १७ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ५१ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिकृया