• 1:58 am

चार हजार ४७२ परीक्षणमा १०५ सङ्क्रमित, ९९ निको भए

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०४:२६

काठमाडौं: नेपालमा कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा ९९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार २० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १७ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ५१ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिकृया