माथिल्लो तामाकोशीको सेयरले सबैभन्दा बढी कमायो, चन्द्रागिरीको १५ सय नाघ्यो
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०३:५३
काठमाडौं : सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ । ०.९५ प्रतिशतले घटेको बजार २५१४.३९ बिन्दुमा अडिएको छ । आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह १०४.७ अंकले बढेको छ भने जलविद्युत १०१.७३ अंकले बढेको छ ।

सोमबार माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ७ सय २६ रुपैयाँ भएको छ । यता हालसम्म लगातार बृद्धि भइरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्यले १ हजार ५ सय पार गरेको छ ।

सोमबार यसको सेयर मूल्य ९।९९ प्रतिशतले बृद्धि भएर १ हजार ५ सय ६३ रुपैयाँ सेयर मूल्य कायम भएको छ ।
कारोबार रकमको आधारमा पनि अपर तामाकोशी नै अगाडि छ । यसको ४६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको नेप्सेमा १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत छ ।




प्रतिकृया