चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका मोटरसाइकल नेपाली बजारमा
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०३:४९

काठमाडौ: कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ। डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा हाउजेको तुलना सुजुकीसँग हुने बताइएको छ।
कोलम्बिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन्। एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले जनाएको छ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सकने कम्पनीको दावी छ।
प्रतिकृया