• २६ भदौ २०८३, शुक्रबार
  • ८ः४६ राती

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०६:४६

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

National Life

ओलीले माधव नेपाल लगायत नेताहरु अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी हेरफेर गर्ने नेपाल लगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार लिनेजस्ता निर्णय गराउनुले यही संकेत गरेको एक नेताले बताए । नेपाल समूहले समानान्तर कमिटी गठन गरी पार्टीभित्रैबाट ओलीलाई चुनौति दिने र अन्तरसंघर्ष जारी राख्ने नीति लिइरहेका बेला उनले शनिबार बालुवाटारमा​ केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका हुन् ।

नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र एमालेलाई पुनर्जीवन दिने निर्णय गरेको थियो । भेला रोक्न ओलीले हरसम्भव प्रयास गरेका भए पनि सफल भएनन् । गत फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यको बैठक राखेर नेपाल समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया