महिलाको कोठामा प्रवेश गरेको भन्दै युवकको हत्या, चार महिलासहित पाँचजना पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०७:०८

खोटाङ : कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ।
यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।
पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ।
Related
Recent News
- हिम स्टार उर्जाको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढीको हात खाली
- मौद्रिक नीतिले शेयर बजारमा हरियाली
- यी कम्पनीमा झुम्मिए आज लगानीकर्ता
- मन्त्रीपरिषद् बैठकका २९ निर्णय यस्ता छन्
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- नवनियुक्त मन्त्री न्यौपानेको शपथग्रहण आज बेलुका ६ बजे
- भोलिदेखि सुनमा २% विलासिता कर लागू, मूल्य हुने भयो वृद्धि
- स्वास्थ्य मन्त्रालयको एक वर्ष : उपलब्धिसँगै कार्यान्वयनमा चुनौती
- फेरी अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट
- भारतको बैतडी–दार्चुला सीमा नाका बन्द हुने
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया