• १० असोज २०८३, शनिबार
  • १०ः४४ राती

महिलाको कोठामा प्रवेश गरेको भन्दै युवकको हत्या, चार महिलासहित पाँचजना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०७:०८

खोटाङ : कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ।

National Life

यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।

राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ।

प्रतिकृया