• ५ साउन २०८३, मंगलबार
  • ८:२५ बिहान

सांसद बस्नेतले गरे त्रिवेणी खोलाको पुल उद्घाटन, विकासको नक्षत्र हुन नेता बस्नेत: स्थानिय

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०७:०३

भक्तपुर: सूर्यविनायक नगरपालिका  अन्तर्गत पलासे–डोलेश्वर खण्डमा पर्ने त्रिवेणी खोलाको पक्की पुल उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एक विशेष कार्यक्रमका बिच उक्त पुल उद्घाटन गर्नुभएको हो ।

८१ लाख कुल लागतमा निर्माण सम्पन्न पुल ८ मिटर चौडाईको रशेकोछ । १९ फागुन २०७६ सालमा निर्मण सम्झौता गरी सुरु गरिएको उक्त पुल उद्घाटनसँगै उक्त भेगका मानिसहरुले सहजरुपमा यातायातको सुविधा लिन सक्ने भएका छन् । पक्की पुल निर्माण गर्न विशेष भूमिका निर्वाह गरेका बस्नेतलाई स्थानियले विकासको नक्षत्र भएको उल्लेख गरेका थिए। विगतमा जनप्रतिनिधिकै कारण विकासबाट पछाडी परिएको इतिहास भन्दै  पिडादायी जीवन क्रमिक रुपमा अन्त्य हुँदै गएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरे । आगामी निर्वाचनमा समेत जनताले विकास प्रेमी सांसद छान्नेमा विश्वास गर्न समेत सांसद बस्नेतलाई आग्रह गरे ।

Kamana Sewa

विकास र समृद्धिको यात्रामा दौडिएको भक्तपुर जिल्लामा कोरोनाको कहरकाबीच  पनि विकासका कामहरु रोकिएका छैनन्। नेता बस्नेतले  प्रायजसो दैनिक रुपमा शिलान्यास तथा उद्घाटन  गरिरहेकै छन्।

Classic Tech Desktop

उद्घाटनका क्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरलाई दुर्गम रुपमा रहन नदिने बाचा स्थानियसंग गरेका छन्। आँफुले  निर्वाचनको समयमा गरेका प्रतिवद्धता लगभग पुरा भएको बताएँदै  आगामी  दुई बर्ष जनताको सेवा र विकासको चाहना पुरा गर्ने उद्घोष गर्नुभयो । सूनपा ९ मा तीन वटा पुलहरु निर्माण सम्पन्न भइसकेको जानकारी दिदै बाँकी कामहरु तत्काल पुरा गर्ने आँफू प्रतिवद्ध रहेको बताए ।

भक्तपुरमा विकासमा ऐतिहासिक अवसरको रहेको उल्लेख गर्दै तीनै तहका सरकारको सहयोगमा नगरपालिका क्षेत्रभित्र करोडौंका आयोजनाहरु निर्माण भईरहेको जानकारी गराउनुभयो । सडक, खानेपानी, ढल, विद्यालय लगायतमा भएका समस्या समाधनको चरणमा रहेको नेता बस्नेतले बताए।

भक्तपूरमा नयाँ स्मार्ट सिटीको लागि प्रकृया अगाडी बढिरहेको जानकारि दिदै  कर्वोड हल र राष्ट्रिय स्तरको रंगशाला बन्ने बताए। ल्याण्ड पुलिङ र रंगलाशालको लागि जग्गाको व्यवस्थापन भईरहेको जानकारी  समेत कार्यक्रममा दिउका हुन । जनताको भावना संगै आँफु जोडएको भन्दै   जनताको साथमा रहेर  जनताको समस्यालाई सुनुवाई गर्ने प्रतिवद्धता  समेत नेता बस्नेतले गरे।

आलोचकहरुले जे सुकै आलोचना गरेपनि समृद्धि नेपाल सुखी नेपालीको अभियान पुरा हुनेमा कुनै संका नभएको बताए। नेता नेपाल र  दाहाललाई लक्षित गर्दै भक्तपुर जिल्लामा विभाजनकारी र गुटवन्दी गर्नेहरुलाई कुनै पनि स्थान नरहेको दावी गरे। उल्लेख गर्दै उहाँले जिल्लामा विभाजन तथा गुटवन्दीमा लाग्नेको संख्या नरहेको बताउनु बताए।

‘भक्तपुर जिल्लामा विकास विरोधी तथा पार्टीको विभाजनकारी र गुटवन्दी गर्नेको कुनै स्थान नै छैन । एउटा वडामा एक दुई जनाभन्दा बढी छैनन् । एक दुई जना पनि रिसइवी, पिल्सीएर, कुण्ठालगायतका कुराहरु पालेकामात्र छन् । ती साथीहरु पनि नवहकिनुस्, अन्त गएर केही हुनेवाला छैन । मुलधार भनेको मुलधार नै हो । छुट्टीएर हिड्दा जंगलमा ९एनिमल प्लानेट च्यानल० सिंहले छुट्टीनेलाई आक्रमण गरे जस्तै राजनीतिमा समेत मुलधारबाट छुट्टीएर जानेलाई आक्रमण हुन्छ ।’ उनले भने

वडाध्यक्ष उपेन्द्र राज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा नं। ८ का वडाध्यक्ष किरण थापा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिकृया