• २९ भदौ २०८३, सोमबार
  • १२ः५१ दिउँसो

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको ‘ललिपप’ देखाएपनि काँग्रेसकै नेतृत्वमा सरकार बन्छ’

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०४:२२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा। नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै छिट्टै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच सरकार गठनबारे समझदारी हुने विश्वास दिलाएका छन् ।

National Life

नेता खड्काले संसद विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेको सुनाए । तर, अब एमाले बाहेकका दलहरूको सरकार बनाउनुपर्ने शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले बताए ।

अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पनि उनले स्पष्ट पारे । जनता समाजवादी पार्टी, नेपालका माग र मुद्दा सम्बोधन गर्नको लागि कांग्रेसले यसअघि पनि प्रयास गरेको भन्दै यसअघि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पनि खड्काले चर्चा गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

संसद् पूनःस्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि जसपा नेपाल, सत्ता समीकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे ।

उनले अहिले पार्टीभित्र पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आवाज उठेको र नेताहरुबीच सहमति भएको सुनाए । उनले कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नेतर्फ सहमतिउन्मुख रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा देखाएकोपनि उनले चित्रण गरे । उनले भने,‘नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ । यस खतरालाई सबै मिलेर परास्त गर्नुपर्छ ।

प्रतिकृया