• १३ असोज २०८३, मंगलबार
  • २ः१४ दिउँसो

भक्तपुरमा पनि नेकपा एमालेको साइनबोर्ड राखियो 

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०६:०८

भक्तपुर : भक्तपुरमा एमालेको सानबोर्ड राखिएको छ । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा व्यूँताइदिएपछि देशभर एमालेले आफ्नो साइनबोर्ड राख्ने कार्यलाई तिव्रता दिँदै कार्यकर्तामा उत्साह प्रदान गरीरहेको छ । यसै क्रममा भक्तपुर जिल्लामा पनि नेकपा एमालेको साइन बोर्ड राखिएको छ ।

National Life

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

उहाँले ,भक्तपुर जिल्ला पार्टी कार्यालयमा सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्दै हामीले नेकपा एमालेको बोर्ड रोखेका हौं । तत्कालिन नेकपा नरहने र साविकका पार्टी नै कायम अदालतले गरिदिएपछि पार्टी कार्यालयको साइनबोर्ड परिवर्तन गरेका हौं । अब पूर्ववत् रुपमा रहेको पार्टी कार्यालयमा एमालेको कार्यालय भएको छ ।’ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रलाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया