• १३ असोज २०८३, मंगलबार
  • २ः१५ दिउँसो

कहिलेकाहीँ पिउनेलाई गाह्रो 

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०४:२५

नियमित पिउँछु भन्ने जवाफ आयो भने तुलनात्मक रूपमा तपाईंको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको छ ।

National Life

अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्बन्धी समस्याहरू बढी सृजना गर्दो रहेछ । अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँस्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या देखिने गरेको छ ।

युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मा लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोईका अनुसार मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ । सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी थिए । एजेन्सी

प्रतिकृया