लागूऔषध न्यूनीकरणका लागी अभिमुखिकरण कार्यक्रम
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०५:०२
काठमाडौं: लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको आयोजना तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्ड र रिकभरिङ नेपालको सहयोगमा होटल याक एण्ड यतिमा लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
आइतबार आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले उद्घाटटन गरेका हुन् ।उद्घाटनका अवसरमा उपरीक्षक चौधरीले लागूऔषध प्रयोगकर्ताले समाज, देश तथा स्वयंलाई नोक्सानी पुर्याएकोले सम्बन्धित संघ संस्था तथा पुनर्स्थापना केन्द्र र कानुन कार्यान्वयन गर्ने निकाय बिचमा सहकार्य र समन्वय हुनुपर्ने बताएका छन्।
साथै उपत्यका बाहिर ओएसटि सेन्टरहरू रहेका स्थानहरू मोरङ, पर्सा, चितवन, बुटवल, नेपालगञ्ज, पोखरा समेतमा फागुन २५ गते यस्तै कार्यक्रम सञ्चालन हुन गईरहेको प्रहरी नायव उपरीक्षक प्रसाइँले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा महानगरीय प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट १५ जना र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट ५ जना गरी जम्मा २० प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।






प्रतिकृया