• २८ भदौ २०८३, आइतबार
  • ७ः५५ बिहान

भीम रावललाई प्रधानमन्त्रीको जवाफ ‘म कुन पार्टीको हुँ भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस’

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०२:२८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीको प्रधानमन्त्री हो रु भन्ने प्रश्न सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् । आज १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

National Life

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा सांसद डा। भीम बहादुर रावलले प्रधानमन्त्री ओली कुन पार्टीको हो रु भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफ ओलीले आज फर्काएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री रे। सर्वोच्चलाई नै सोध्नुस् न ।’

ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको दोहोर्याउँदै भने,‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो, तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने

Classic Tech Mobile
Classic Tech Desktop

उनले संसदको पहिलो बैठक सेटिङमा चलेको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’

प्रधानमन्त्रीले सरकारले महत्वपूर्ण अध्यादेश जारी गरेको बताउँदै संसदले अस्वीकार गर्न सक्ने व्यवस्था हुँदाहुँदै सदन चल्न नदिएकोमा असन्तुष्टि जनाए। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकता हुनुभन्दा अघिको पूर्ववतः अवस्थामा फर्काउने फैसला गरेको छ ।

प्रतिकृया