दर्ता नगरीएका मोबाइल जेठदेखि दूरसञ्चारले बन्द गर्न
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०२:२०
काठमाडौ :नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नगरीएका अवैध मोबाइल बन्द गर्ने भएको छ । प्राधिकरणले नेपालमा अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखि इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी आईएमईआई नम्बर दर्ता गराउने काम गर्दै आएकोमा दर्ता नगरीएकालाइ आउँदो जेठ महिनादेखि बन्द गर्ने भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०मा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य भइरहेको छ ।
प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको जनाएको छ । यो सँगै नेपालमा अवैध रूपमा भित्रिएका मोबाइल आउँदो जेठ महिनादेखि बन्द हुने प्राधिकरणले जनाएको छ । नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ ।यसकारण मोबाइलको आईएमईआई दर्ता अनिवार्य भएको छ ।
विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर भने दर्ता भएका हुदैँनन् । अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । किनभने, प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै बुद्धिमानी हुनेछ ।
त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा ‘३ण्ट३’ डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।
यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । आईएमईआई नम्बर दर्ता भएरनभएको कसरी थाहा पाउने दर्ता गराउनुपर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईंको मोबाइलको आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुवमा यो लिंकमा क्लिक गर्नुहोस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ । क्त अप्सनमा गएर गएर तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर हाली दर्ता भएरनभएको थाहा पाउन सक्नुहन्छ ।
आईएमईआई नम्बर दर्ता गर्ने पक्रियायदि तपाईंको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि यो लिंकमा गएर सुरुमा साइनअप गुर्नस् । साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।
इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहोस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहोस् ।
यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ । व्यवसायिक आयातकर्ताको हकमा भने, सुरुमा टाइप अप्रुभल आवश्यक पर्छ । टाइप अप्रुभल लिएपश्चात उनिहरुले ल्याउन लागेको डिभाइसको आईएमईआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउनुपर्छ ।
आयातकर्ता कम्पनीले आफूले ल्याउन लागेका मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नुपूर्व नै पाउँछन् । आयातकर्ताको हकमा प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आईडी र पासवर्ड लिएर आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइपअप्रुभल लिनेदेखि आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा दिइएको छ ।
आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन, सिस्टममार्फत जाँच हुन्छ । सबै कुरा मिले पश्चात मात्रै प्राधिकरणको स्टिममा आईएमईआई नम्बर दर्ता हुन्छ । यदि अनलाइन दर्ता प्रक्रियामा प्राविधिक समस्या वा थप जानकारी आवश्यक भए नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्क नम्बर ०१४२५५४७४ मा फोन गर्न सकिन्छ ।
यसैबीच समाचारमा उल्लेख गरिएको लिंक जततउकस्ररभष्च।लतब।नयख।लउर अहिले सर्भर डाउनका कारण खुल्न नसकेकको र केही समयमै पुनः वेबसाइट सुचारु हुने जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।






प्रतिकृया